Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै उत्सव, खादा र माला लगाउँदिन : बालेन शाह

काठमाडौं । काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने बताएका छन् ।

उनी आज उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी जानकारी लिन ओखरपौवा, सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गर्न पुगेका थिए ।

उनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा, माला नलाउने तथा अन्तर्वार्ता समेत नदिने बताएका हुन् । उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ ।

स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेला अवरोध गर्दै आएका छन् ।
काठमाडौंको मेयरमा निर्वाचित भएसँगै बालेन शाह विजयी उत्सव मनाउन छोडेर फिल्डमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077