Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • मूल्यवृद्धि विरुद्धको प्रदर्शनमा प्रधानमन्त्री देउवाको राजीनामा माग

    मूल्यवृद्धि विरुद्धको प्रदर्शनमा प्रधानमन्त्री देउवाको राजीनामा माग

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    रौतहट । सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धिविरुद्ध रौतहटको कटहरियामा प्रदर्शन भएको छ ।

    मूल्यवृद्धि फिर्ताको माग राख्दै सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्वडीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताले कटहरियामा विरोध प्रदर्शन गरेका हुन् ।



    हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकारविरुद्ध चर्का नारा लगाउँदै बजार परिक्रमा गरेर नगरपालिकाको कार्यालय अगाडि कोणसभामा गरेका छन् । कोणसभामा गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार