Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाहको धन्यवाद र्‍याली सुरु

    काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाहको धन्यवाद र्‍याली सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहको विजय र्‍याली सुरु भएको छ । मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएको हो ।

    राष्ट्रिय सभागृह प्रदर्शनी मार्गबाट सुरु भएको धन्यवाद र्यालीले भद्रकाली, माइतीघर मण्डला, नयाँ बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै चक्रपथ परिक्रमा गर्नेछ । यस्तै, चक्रपथ परिक्रमा पछि कलङ्कीबाट कालीमाटी, टेकु, सुन्धार हुँदै र्याली खुलामञ्च पुगेर सभामा परिणत हुनेछ । र्यालीका कारण यी ठाउँमा गाडीको चाप बढ्ने भएको छ ।



    निर्वाचन आयोगले मेयरमा विजयी भएको औपचारिक घोषणा गरेपछि धन्यवाद र्‍याली सुरु भएको हो । शाहले आफूलाई मत दिने सबैलाई धन्यवाद दिँदै काठमाडौं महानगरपालिकाकाका मतदातालाई परिवारका रुपमा लिएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।



    वैशाख ३० गते भएको चुनावमा शाहले ६१ हजार ७ सय ६६ मतसहित विजयी भएका हुन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल ६८ हजार ६१२ मत ल्याएर विजयी भइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार