Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसी राष्ट्रपति पुटिन कर्मचारीको तलब १० प्रतिशतले बढाउँदै

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुद्रा अवमूल्यनलाई तह लगाउन कर्मचारीको तलब र निवृत्तिभरणमा न्यूनतम दस प्रतिशतले वृद्धि गर्न लागेको बताएका छन् । गत अप्रिलमा १७ दशमलव ८ प्रतिशतले रुवलको मूल्य अवमूल्यन भएको थियो ।

तर पुटिनले मुलुकको उच्च मुद्रा अवमूल्यनसँग युक्रेन युद्धको पूर्णतस् कुनै सरोकार नरहेको स्पष्ट पारेका छन् । उनले विश्वका अन्य राष्ट्रहरूले पनि उच्च मुद्रा अवमूल्यनको सामना गरिरहेको बताएका छन् । युक्रेनमाथि आक्रमण गरेकाले अमेरिकालगायत थुप्रै मुलुकले रुसमाथि अहिले प्रतिबन्ध लगाएका छन् ।

पुटिनले बुधबार सन् २०२२ रूपसका लागि कठिन वर्ष भएको भन्दै मुलुकका आर्थिक विषयहरू युद्धसँग सम्बन्धित नभएको बताएका छन् । हुन त पुटिनले युक्रेनमाथिको आक्रमणलाई एउटा विशेष सैनिक अभियान मात्रै बताउने गरेका छन् ।

आगामी १ जुन देखि रुसी कर्मचारीहरूको न्यूनतम तलब वृद्धि हुँदैछ । अहिले रुसमा कर्मचारीको मासिक न्युनतम तलब २३३ अमेरिकी डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077