Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इतिहास रच्दै बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित

काठमाडौं। अन्तत: इतिहास रच्दै बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । बालेनले २३४२६ मतको फराकिलो अन्तरका साथ बिजयी भएका हुन ।

महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेनले  कांग्रेस र एमालेका उम्मेदवारहरूलाई हराउँदै मेयर जितेका हुन् ।

अन्तिम मत परिणाम अनुसार बालेनले कुल मत ६१७६७ ल्याएका छन् । दोस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८३४१ मत र  एमालेका उम्मेदवार केशव स्थापित ३८११७ मतका साथ तेस्रो ल्याएर तेश्रो बनेका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार भोट कटाउन सफल भए । १३७७० भोटका साथ उनी चौथो स्थानमा छन् भने राप्रपाका मदनदास श्रेष्ठ ५७७० मत ल्याएर पाँचौ स्थानमा रहेका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै  विजयी भएकी हुन् । निर्वाचन आयोगका अनुसार डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077