Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका सबै वडाको मतगणना सकियो

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको निर्वाचनको मतपरिणाम  घोषणा  भएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत महानगरको मतगणना बिहीबार राति सकिएको हो। वडा नम्बर १४ को मतगणना सकिसँगै महानगरले नयाँ नेतृत्व पाएको हो।

मतगणना सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणाम सुनाउने निर्णय गरेको हो।

मेयरमा बालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएका छन्। कसले कति मत पाए भन्ने भोलि विहान सार्वजनिक गरिनेछ । बालेनका समर्थकहरुले विजयी र्‍याली आयोजना गर्ने तयारी  गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077