Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • राष्ट्र बैंकका सञ्चालक सदस्य सिवाकोटी र आचार्यले लिए पद तथा गोपनीयताको शपथ

    राष्ट्र बैंकका सञ्चालक सदस्य सिवाकोटी र आचार्यले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।



    नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०८ (१) मा बैङ्कका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।



    मन्त्रिपरिषद्को बैठकले जेठ ६ गते सिवाकोटी र आचार्यलाई बैङ्क सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार