Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगर : बालेनले कटाए ६१ हजार मत, अन्तिम परिणाम घोषणा गर्ने तयारी

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजार तीन सय ९० मतसहित अग्रता कायमै राखेका छन् ।

हालसम्म नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार ९४४ मतसहित पछ्याइरहेका छन् ।

मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। आज साँझ मतगणना सकेर अन्तिम परिणाम औपचारिक रूपमा घोषणा गर्ने तयारी छ ।
अहिले वडा नम्बर १४ को मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077