Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अफगान विस्फोटमा सोह्रको मृत्यु

    अफगान विस्फोटमा सोह्रको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमणहरू इस्लामिक समूहले जिम्मा लिएका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

    तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ ।उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसहरु राखेको तीनवटा बम विस्फोटमा परी १० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।



    यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनिबसमा बम रहेका बाल्खा प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले एएफपीलाई बताउनु भएको छ । बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० मा तीन जना महिला रहेका जानकारी दिनु भएको छ । यस विस्फेटमा परी अन्य १५ जना घाइते भएका जनाइएको छ ।



    विस्फोटको केही घण्टापछि इस्लामिक समूहले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएका छन् । साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विस्फोट भएको छ । बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको ट्वीट गर्नु भएको छ ।

    बुधवारको बम विष्फोटले कुन विशेष समुदायलाई लक्षित गरेको हो कि भनेर अझै स्पष्ट हुन सकेको छैन । अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको पवित्र महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो । जसको केही आइएस समूहले दाबी गरेको थियो ।

    अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसंख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षितगरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । गत अप्रिल २१ मा मजार–ए–शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना उपासकहरूको ज्यान गएको थियो अन्य धेरै घाइते भएका समाचारमा जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार