काठमाडौं । देशभर पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय १७ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन् ।
थप नौ जना कोरोना सङ्क्रमित निको भएसँगै नेपालका कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय २८ जनामा झरेको छ ।
Leave a Reply