Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी दायरामा ल्याउनू : आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

आयोगले आज बुधवार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी र यौन हिंसा तथा बलात्कारका घटनामा अनुसन्धान गरिरहेका प्रहरीसँग छलफल गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत पीडितले समयमै न्याय पाउने अधिकारको सुनिश्चित गर्न निर्देशन दिएको हो ।

छलफलमा मानव अधिकार आयोगकी सदस्य लिली थापाले अपराधीलाई उम्कन नदिन तथा पीडित र साक्षीको सुरक्षा गर्न निर्देशन दिइन् ।

जवाफमा प्रहरी नायब महानिरीक्षक सुवेदीले महिला हिंसासँग जोडिएका घटनालाई प्रहरीले संवेदनशील रूपमा लिएर अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077