Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापाले भने-ओलीको आलोचना गर्ने चरण सकियो

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने चरण सकिएको बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ववर्ती सरकार र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको आलोचना नगरी अब काम गर्ने जिम्मा कांग्रेसलाई आइपुगेको बताए ।

नेता थापाले, ‘स्थानीय तहमा हामीले झन्डै–झन्डै २०४९ सालको जस्तो अभूतपूर्व सफलता हासिल गरेका छौं। संघीय सरकारामा हामी छौँ । प्रदेशको सरकार चलाएका छौँ । अब आलोचना गर्ने चरण सकियो । हाम्रो बारेमा कुरा गर्नुपर्छ । अस्तिसम्म पूर्ववर्ती सरकार र ओलीजीका विषयमा आलोचना गर्नुपर्दथ्यो ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077