झापा । झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेल रहेका छन् ।
भुजेलले ती बालिकालाई विभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Leave a Reply