Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ज्यान मार्ने उद्योगमा पक्राउ परेका सहकारीका अध्यक्ष राजनीतिक दबाबमा छुटे

    ज्यान मार्ने उद्योगमा पक्राउ परेका सहकारीका अध्यक्ष राजनीतिक दबाबमा छुटे

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । ज्यान मार्ने उद्योगमा पक्राउ परेका आधारभूत बहुउद्देश्यीय सकारी संस्थाका अध्यक्ष खड्गबहादुर देवकोटा सुटुक्क छुटेका छन् ।

    देवकोटा सहित उनको समूहले आइतबार साँझ बाँटो ढुकेर सत्य शक्ति बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक रोमनाथ भण्डारीमाथि आक्रमण गरेको थियो ।



    देवकोटाको नेतृत्वमा रहेको सात–आठ जनाको समूहले काठमाडौं–१७ धोबीचौरमा भण्डारीमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमणपछि सोह्रखुट्टे प्रहरीले उनलाई पक्राउ गरेको भएपनि अहिले भने उनी सुटुक्क छाडिएका हुन् ।



    आक्रमण लगत्तै उनकै निवासबाट पक्राउ परेका अध्यक्ष देवकोटालाई जोगाउन विभिन्न राजनीतिक दलका नेताहरुले प्रहरीलाई दबाबा दिएको खुलेको छ ।

    स्रोतका अनुसार सोह्रखुट्टे प्रहरीाई देवकोटालाई छाड्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निबासबाटै दबाव आएको हो । ‘महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी दुर्गा दाहाल पनि एमाले निकट व्यक्ति भएका कारण उनलाई ओली निवासबाट दबाब आएको हो ।’ स्रोतले भन्यो ।

    गत वैशाख ९ गते पूर्वराजदूत लक्की शेर्पासँगै एमाले प्रवेश गरेका धर्मदत्त देवकोटाले एमालेका उच्च नेतृत्वलाई गुहारेपछि देबकोटालाइ छुटाउन प्रहरीमा दबाव परेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार