एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
उनले युक्रेनको वर्तमान परिस्थितिलाई चीनको ताइवानमाथिको सम्भावित आक्रमणसँग जोडेका हुन् । बाइडेनले चीनलाई ताइवानको विषयलाई लिएर खतरासँग खेलबाड गरिरहेको चेतावनी दिएका छन् ।
साथै उनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने प्रतिवद्धता जनाएका छन् । जापान भ्रमणको क्रममा बोल्दै बाइडेनले एसिया क्षेत्रको लामो समयदेखिको अमेरिकी नीतिलाई अलि फरक ढंगले प्रस्तुत गर्न खोजेको देखिन्छ ।
यद्यपि ह्वाइट हाउसले अमेरिकाको नीतिमा कुनै परिवर्तन नहुने जनाएको छ । बाइडेनले रुसले युक्रेनमाथि गरेको आक्रमण र ताइवानबीच समानान्तर रेखा कोरेर बेइजिङलाई आक्रोशपूर्ण गाली गर्नका लागि उक्साएका छन् ।
Leave a Reply