Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्ने सांसद थापाको भनाई

    यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्ने सांसद थापाको भनाई

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेकी सांसद थममाया थापाले यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्ने बताएकी छिन्।

    थापाले प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा यस्ता खालका घटना फेरि पनि नदोहोरिनका लागि एउटा सशक्त कानुन बनाउने आवश्यक रहेको बताएकी हुन् ।



    सकिन्छ भन्ने कुरा विद्यमान कानुनमा हुर्नुपर्छ, पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेकी सांसद थापाले भनिन्, यसलाई हदम्यादै नराख्ने भन्ने कुरा भएन। हदम्याद त राख्नैपर्ने हुन्छ।



    पीडितलाई न्याय दिने र पीडकलाई कडा कारबाही हुने गरी कानुनी व्यवस्था गर्न पनि उनले सरकारलाई सचेत गराएकी छिन्।

    महिलाहरू जुन हिंसामा परिराखेका छन, त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि भएका कानुनलाई परिमार्जन गर्नुपर्यो । र, कडा कानुन बनाउनुपर्यो। जसकारण पीडितले न्याय पाउन् र पीडक कोही पनि नछुटून् उनले भनिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार