Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत सर्ट भई आगलागी हुँदा शिखर इन्स्युरेन्सका एक जनाको मृत्यु

चितवन । चितवनमा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर ७ कटहरचोककी ३६ बर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।

आइतबार दिउँसो सवा १ बजे शिखर इन्स्योरेन्सको कार्यालयको बाहिर झुण्ड्याएको फ्लेक्स बोर्ड झिक्ने क्रममा सो दुर्घटना भएको हो ।

दुर्घटना एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनामा भरतपुर महानगरपालिका वडा नं। ७ का २२ वर्षका तरुण थापा घाइते भएका प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077