Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दलहरुले उम्मेदवार उठाउदा निकै सोच विचार गर्नुपर्ने अवस्था आएको महामन्त्री थापाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरुसंग नरहेको बताएका छन्।

आइतबार काठमाडौमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गर्दै थापाले राजनीतिक दलहरुको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताएका हुन्।

उनले जतिसुकै ठूला कार्यक्रम ल्याएपछि कार्यान्वयनको नीति फितलो देखिएको बताए। थापाले अगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दावी गर्दै सरकारमा गएपछिको भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको बताए।

थापाले मुलुकका विभिन्न स्थानमा स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा दलहरुले उम्मेदवार उठाउदा निकै सोच विचार गर्नुपर्ने अवस्था आएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077