कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् ।
वडाध्यक्षदेखी वडा सदस्य पदमासमेत स्वतन्त्रका उम्मेदवार निर्वाचित बनेका हुन् ।
वडाध्यक्षमा श्रवण राना ८ सय १८ मतसहित विजयी भएका छन् ।
महिला सदस्यामा देवी कार्की ६ सय ३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६ सय ७१, सदस्यमा दिपेश मल्ल ६ सय ६४ र दुलेराम राना ६ सय १३ मत ल्याएर निर्वाचित भएका छन्।
उनीहरु गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव मैदानमा होमिएका थिए ।
Leave a Reply