Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगर : बालेनले कटाए ३९ हजार मत, केशव र सिर्जनाको मत कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार १ लाख ९ हजार ५३७ मत मतगणना हुँदा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

बालेनले ३९ हजार मत कटाएका छन् । महानगरको १ लाख ९ हजार ५३७ मत गन्दा बालेन साहले ३९ हजार ६ मत प्राप्त गरे ।

यसअघि दोस्रोमा रहेका नेकपा एमालेका केशव स्थापित अहिले तेस्रोमा पुगेका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७२ मत पाएकी छन्।

एमालेका स्थापतिले २१ हजार ५७१ मत पाएका छन् । स्थापित सिंहभन्दा ५ सय १ मतले पछाडि छन् । यस्तै उपमेयरमा पनि एमालेकी सुनिता डंगोलकै अग्रता कायम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077