Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा बालेन शाहको अग्रता कायमै, केशवलाई सिर्जनाले उछिनिन्

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाएका छन् ।

सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार एक लाखभन्दा धेरै मत गनिसक्दा शाहले ३७ हजार ६१ मत पाएका छन् ।

एक लाख दुई हजार ७६३ मतगणना हुँदा प्रमुखका स्वतन्त्र उमेदवार बालेन्द्र शाहले ३७ हजार ६१ मत पाएर अग्रता कायमै राखेका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २० हजार ५२० मत ल्याउँदै दास्रो स्थानमा उक्लिएकी छन् ।

नेकपा एमालेका केशव स्थापितलाई २०४ मतले पछि पारेकी सिर्जना बालेनभन्दा १६ हजार ५४१ मतले पछि छन् । केशव स्थापितले २० हजार ३१६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077