Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुरमा भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते

काठमाडौं । मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भने दुर्घटनामा चार जना घाइते भएका छन् ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको हेटौंडा अस्पतालमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको अहिलेसम्म पहिचानको नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077