Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीमा बिदाको दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

कैलाली । कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ ।

“कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चलाइएको पाइयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भने, “यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ ।”

प्रमुख जिल्ला अधिकारी किरण थापाले बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाइएको बताए ।

प्रजिअ थापाले भने, “बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइनेछ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077