Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • काठमाडौं–२५ र २७ : बालेनको लौरो भन्दा स्थापितको सूर्य दोब्बर मतले अगाडि, २५ मा आँखिझ्यालले सबैलाई उछिन्यो

    काठमाडौं–२५ र २७ : बालेनको लौरो भन्दा स्थापितको सूर्य दोब्बर मतले अगाडि, २५ मा आँखिझ्यालले सबैलाई उछिन्यो

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रतालाई कायमै राखेका छन् । अहिलेसम्म बालेन शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा १५ हजार मतले अगाडि छन् ।

    तर, काठमाडौंको २७ नम्बर वडामा भने बालेन शाह स्थापित भन्दा निकै पछाडि परेका छन् । काठमाडौं–२७ मा स्थापितले फराकिलो अग्रता बनाएका छन् ।



    यहाँ अहिलेसम्म २ हजार ७१७ मत गणनामा स्थापितले ८०४ मत पाएर अग्रता बनाएका छन् । उनलाई कांग्रेसकी सिर्जना सिंहले ६९५ मतका साथ पछ्याइरहँदा स्वतन्त्र उम्मेदवार शाह भने तेस्रो नम्बरमा छन् । उनले जम्मा ४३८ मत प्राप्त गरेका छन् । यहाँ अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको आँखिझ्यालले ३१७ मत बटुेको छ ।



    त्यस्तै वडा नम्बर २५ मा पनि बालेन तेस्रो नम्बरमा छन् । जहाँ अर्का स्वतन्त्र उम्मेदवार सायमीको आँखिझ्यालले अग्रता लिइरहेको छ ।

    हालसम्म १ हजार ९६५ मतको गणनामा आँखिझ्यालमा ४७३ मत परेको छ भने उनलाई एमाले उम्मेदवार स्थापितले ४५२ मतका साथ पछ्याइरहेका छन् । यहाँ बालेनको २९४ मत पर्दा कांग्रेसकी सिर्जना सिंहले २६७ मत प्राप्त गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार