Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीमा नागरिक उन्मुक्ति पार्टीको चौथो जित, जानकी गाउँपालिका चौधरी विजयी

कैलाली । नागरिक उन्मुक्ति पार्टीले कैलालीस्थित जानकी गाउँपालिकामा पनि चौथौं जित हासिल गरेको छ । जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी ७ हजार १५१ मत ल्याई विजयी भएका हुन् ।

उनले काँग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतौलाई १ हजार ९०९ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् । चौधरी लामो समयदेखि पत्रकारितामा सक्रिय थिए ।

महत्तौले पाँच हजार २४२ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमतिदेवी कठरिया विजयी भएकी छिन् ।

उनले नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई १ हजार ७०४ मतले पछि पार्दै विजयी भएकी थिइन् । कठरियाले छ हजार ५६२ मत प्राप्त गरेकी छिन् ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077