काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् ।
गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए ।
उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ । एमालेकी शिल्पा कार्की २५ हजार ६८० मतसहित निर्वाचित भएकी हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अमरेन्द्र यादवले १४ हजार २१९ मत मात्रै पाए ।
Leave a Reply