Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलारा अन्तरगत पूर्वपश्चिम राजामार्गमा ना५क ४३८२ नम्बरको बसले से५क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ । दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रहरीले बस चालक महोत्तरीका प्रेमकुमार अधिकारीलाई नियन्त्रणमा लिएको छ । भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077