काठमाडौं । सात वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकले नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै सार्वजनिक गरेकी युवतीको घरमा प्रहरी पुगेको छ ।
हदम्यादका कारण पीडकमाथि कारबाही नहुने भन्ने सुनेपछि विक्षिप्त अवस्थामा अर्को भिडियो सार्वजनिक भएपछि प्रहरी टोली उनको घरसम्म पुगेको हो ।
काठमाडौं उपत्यकामा हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा काउन्सिरलसहितको टोली उनको घरमा पुगेको छ ।
बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेकी युवतीले यसअघि प्रहरीसँग सम्पर्कमा आउन चाहेकी थिइनन् । भिडियो सार्वजनिक भएपछि मानवअधिकारकर्मी र अभियन्ताहरुले उनको खोजी गरेका थिए ।
Leave a Reply