Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • कृष्णनगर नगरपालिकामा कांग्रेसको नेतृत्व

    कृष्णनगर नगरपालिकामा कांग्रेसको नेतृत्व

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गरेका हुन् ।



    विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गरेका थिए ।



    त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गरेकी छन् ।

    कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले तीनरतीन, माओवादी र जसपाले दुईरदुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एकरएक वडा जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार