Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बलात्कारसम्बन्धी मुद्दामा लगाइएको हदम्याद हटाउनुपर्ने कांग्रेस नेता पौडेलको भनाई

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बलात्कारसम्बन्धी मुद्दामा लगाइएको हदम्याद हटाउनुपर्ने बताएका छन् ।

उनले त्यस्तो हदम्यादका कारण अपराधीले सहजै उन्मुक्ति पाउने र पीडित कमजोर हुने अवस्था रहेको बताए ।

विहीबारमात्रै आठ वर्षअघि भएको एक सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफुमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । हदम्यादका कारण आफुले न्याय पाउने अवस्था नरहेको ती युवतीको गुनासो छ ।

यसै विषयमा बोल्दै पौडेलले 'मुलुकी अपराध संहिता-२०७४ र बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकिएको छ,' उनले सामाजिक सन्जालमार्फत् भनेका छन्, 'त्यहीकारण पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ। बलात्कारका पुराना घटनाको उजुरी नलिदाँ पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मूक्ति पाउने अवस्था छ। यस्ता अपराधमा समय सीमाको हदम्याद तोकिनुहुन्नँ।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077