रत्ननगर । रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रल्हाद सापकोटा विजयी हुने निश्चित भएकाे छ ।
त्यस्तै उपमेयरमा एमालेका यादवप्रसाद पाठककाे पनि जित निश्रित भएकाे हाे । केही मत गन्न बाँकी रहँदा नै सापकोटा र पाठक विजयी भएका हुन् ।
३९ हजार ४१० कुल खसेको मतमध्ये ५५० मत गणना गर्न बाँकी रहँदा सापकोटाको मतान्तर ७ हजार ३८९ र उपमेयर पाठकको अग्रता एक हजार ७० रहेको छ ।
सापकोटाले १९ हजार २४४ र दुवाडीले ११ हजार ८५५ मत पाएकी छन् । उपमेयरमा पाठकले १२ हजार ४९० मत ल्याउँदा एकीकृत समाजवादीका बद्रिनाथ घिमिरेले ११ हजार ४२० मत पाएका छन् ।
Leave a Reply