Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ओलीको गृहनगरमा एमालेले गुमायो तीन दशकको विरासत

    ओलीको गृहनगरमा एमालेले गुमायो तीन दशकको विरासत

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 972
    SHARES

    झापा । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ ।

    एमालेले तीन दशकको विरासत गुमाएको छ ।



    ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन् ।



    उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन् ।

    थापाले ०५४ र ०७४ मा पनि प्रयास गरेका थिए । दुईपटक नै उनी एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए ।

    थापा १७ हजार ५२५ मतका साथ विजयी भए । उनले एमालेकी गीता अधिकारीलाई पाँच सय ५९ मतले पराजित गरे । निवर्तमान उपप्रमुखसमेत रहेकी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार