काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । उनी २३ हजार ४६० ल्याएर विजयी भएका हुन् ।
नेकपा एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरे । विष्ट ११ हजार ७ सय ८५ मतान्तरले विजयी भएका हुन् ।
राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत प्राप्त गरे । यस्तै उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दिन राई १७ हजार ९ सय ५० मतसहित विजयी भए ।
एमालेकी शान्ति ढकालले १० हजार ९ सय १५ मत र राप्रपाकी विन्दु चर्तिमगरले १० हजार १३५ ल्याए ।
Leave a Reply