Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : बेङ्ग्लोरसँग गुजरात ८ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

मुम्बईमा गएराति भएको खेलमा बेङ्ग्लोरले शीर्ष स्थानको गुजरातलाई ८ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य बेङ्ग्लोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । जितसँगै बेङ्ग्लोरले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ ।

बेङ्ग्लोर १४ खेलमा १६ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ । गुजरात प्ले अफमा पुगिसकेको छ । शीर्ष स्थानमा रहेको गुजरातको १४ खेलमा २० अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077