Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगर : बालेन शाह १२ हजार १९ मतले अगाडि, कसको मत कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार शाहले २६ हजार ७५ मत ल्याएका छन् । बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार १९ मतले अगाडि छन् ।

स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गरे । कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याइन् ।

यस्तै उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले अहिलेसम्म २६ हजार ६ मत पाइन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४ सय २७ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077