Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरेन्द्रनगरमा एमाले विजयी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका मोहनमाया ढकाल १६ हजार ३८ मत ल्याएर मेयरमा विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाइन् ।

उपमेयरमा एमालेकै निलकण्ठ खनाल विजयी भएका छन् । खनालले २० हजार ३६४ मत पाएर विजयी हुँदा निकटतम माओवादीकी शान्ती ढकालले ११ हजार ५३३ मत पाइन् ।

वीरेन्द्रनगर नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस मेयरमा निर्वाचित भएको थियो । ढकाल निवर्तमान उपमेयर हुन् । ०७४ मा एमालेका बालाराम शर्मा मेयरमा पराजित हुँदा ढकाल उपमेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077