Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीको पार्टीले कैलालीको टीकापुर नगरपालिका पनि जित्यो, रामलाल निर्वाचित

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयर नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नवराज रावललाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार नवराज रावललाई ३ हजार बढी मतले हराएका हुन्।

थारूले ९६४२ मत पाएका छन् भने रावलले ६६४२ मत पाए । उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले जितेका छन् ।

शाहले नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई हराएका हुन् । शाहले ७९५५ मत पाए भने विश्वकर्माले ७८०२ मत ल्याइन्।

जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा केही महिनाअघि दर्ता भएको उक्त पार्टीले कैलालीको जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकाको जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077