काठमाडौं । यसअघि लगातार १० पटक वडाध्यक्षमा चुनाव जितेका ललितपुरका नरसिंह व्यञ्जनकार ११औं पटकमा पराजित भएका छन् । यसपालि उनी २८२ मतले पराजित भएका छन् ।
नरसिंह आफ्नै ४४ वर्षीय भतिजसँग पराजित भएका हुन्। नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याएका छन्।
नरसिंहले ५४३ मत मात्रै ल्याए। व्यञ्जनकारले पुतली चुनाव चिन्ह पाएका थिए।
आधा शताब्दीदेखि लगातार वडाध्यक्ष रहेका नरसिंहले पहिलो पटक चुनावी हार व्यहोरेका हुन् । उनले वडा नम्बर १० को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
Leave a Reply