Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा खोल्यो खाता, जोशीपुरमा चौधरी विजयी

कैलाली । रेशमलाल चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले कैलालीको जोशीपुर गाउँपालिकामा विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका हुन् ।

उनले ४ हजार ९०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा नागरिक उन्मुक्तिकै रेखादेवी कठरिया विजयी भएकी छन् । उनले ४ हजार ५८१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीको ३ हजार ३६८ मत ल्याए ।

पार्टी दर्ता भएको तीन महिना मै उन्मुक्तिले जित हात पारेको हो । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष र उपाध्यक्ष सहित चार वडासमेत जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077