काठमाडौं । सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ ।
पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्कीको मृत्यु् भएको प्रहरीले जनाएको छ ।
बुधबार राति सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर उनी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा राति सवा ११ बजे कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।