Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगर : बालेन ९ हजार १९९ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको अहिलेसम्म ४८ हजार ३०१ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार ७९५ मत ल्याएका छन् ।

पछिल्लो मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन केशव स्थापितभन्दा ९ हजार १९९ मतले अगाडि छन् ।

बालेनले १८ हजार ७९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका स्थापितले ९ हजार ५९६ मत पाएका छन् ।

यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार १७२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077