Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगर : ४७ हजार ४ मत गन्दा बालेन शाहले ल्याए १८ हजार २३७ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको अहिलेसम्म ४७ हजार ४ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले साहले १८ हजार २३७ मत ल्याएका छन् ।

राष्ट्रिय सभागृहमा जारी महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाउँदै गएका छन् ।

उनलाई नेकपा एमालेका केशव स्थापितले ९ हजार ५१७ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छन् उनले ८ हजार ५३७ मत ल्याएकी छन् ।

बालेन ८ हजार ७२० मतान्तरले अग्रस्थानमा छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077