कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू विजयी भएका छन् ।
उनले नेपाली काँग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरेका हुन् ।
लिम्बुले ७ हजार १०४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार गङ्गादेवी जोशी विजयी भएकी छन् ।
उनले ६ हजार ३६५ मत प्राप्त गरिन् । एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।
Leave a Reply