Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौँ महानगरमा बालेन उकालाे लागेकाे लागै

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको स्थानीय तहको नतिजा रोचक बन्दै गएको छ ।

महानगरको ४, ६, ७, २८, २९, ३०, ३१, ३२ वडाकाे मत गणना भइरहेको छ ।

महानगरको मेयरको मत परिणाममा बालेन साहले अग्रता कायम राखेका छन् ।

महानगरको निर्वाचन कार्यालय स्राेतका अनुसार स्वतन्त्र तर्फका उम्मेदवार साहले १६ हजार ७ सय ७५ मत ल्याएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित ८ हजार ७ सय २६ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ७ हजार ८ सय ३३ ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077