Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं अपडेट : बालेनले १५ हजार मत पाउँदा स्थापित आठ हजारमा सीमित

काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।

बालेनले १५ हजार मत ल्याउँदा नेकपा एमालेका केशव स्थापित भने आठ हजार २८८ भोटमा सीमित भएका छन् । त्यसैगरी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सृजना सिंहले जम्मा सात हजार २९० मत पाएकी छन् ।

काठमाडौंमा अहिलेसम्म ३९ हजार ५२० भोट गणना भएको छ । काठमाडौंमा एक लाख ९१ हजार मत खसेको छ । काठमाडौंमा वडा नम्बर पाँचको मतगणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077