मोरङ । उच्च अदालत विराटनगरले सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीले गरेको फैसला बदर गरेको छ ।
उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी फैसला बदर गरी सबुद प्रमाण बुझेर इन्साफ गर्न सुरु जिल्ला अदालतमा नै मुद्दा फिर्ता पठाउने फैसला गरेको हो ।
गिरीलाई महिला अनुयायीमाथि जबरजस्ती करणीको मुद्दामा सहमतिमा नै शारीरिक सम्बन्ध भएको ठहर गर्दै गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।
तर, कोइरालाको इजलासले उमेर पुगेका महिला र पुरुषबीचको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भन्न नमिल्ने भन्दै गिरीलाई सफाइ दिएको थियो ।
गिरीले अदालतको फैसलाले महिलासँग शारीरिक सम्बन्ध कायम भएको स्थापित भएकाले अन्यायमा परेको हुँदा पूर्ण रूपमा सफाइको माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
Leave a Reply