Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ३४१ स्थानको परिणाम : कांग्रसले १५० पालिकाको प्रमुखमा जित हाँसिल गर्दा एमालेले १०० पुर्यायो

    ३४१ स्थानको परिणाम : कांग्रसले १५० पालिकाको प्रमुखमा जित हाँसिल गर्दा एमालेले १०० पुर्यायो

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी छ ।

    अहिलेसम्म ३४१ स्थानिय तहको परिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेस १ सय ५० स्थानमा प्रमुख जितेर पहिलो नम्बरमा छ भने नेकपा एमालेले १००स्थानीय तहको प्रमुख जितेको छ।



    त्यसैगरी नेकपा माओवादी केन्द्र ७६ स्थानीय तहको प्रमुख जितेर तेस्रो स्थानमा छ भने नेकपा एकीकृत समाजवादीले ४, राजमो, स्वतन्त्रसहित अन्य विभिन्न राजनीतिक दलका ९ जना उम्मेदवारले पालिका प्रमुख जितेका छन् ।



    त्यस्तै जनता समाजवादी पार्टीले ३ वटा स्थानीय तहको प्रमुख जितेको छ । पछिल्लो तथ्याकंअनुसार नेपाली कांग्रेसका प्रमुख पदका १ सय ५७ जना उम्मेदवारले मतगणनामा अग्रता लिएका छन्

    एमालेको ९३ जना उम्मेदवार अघि रहेका छन् भने नेकपा मा‌ओवादी केन्द्रका ४१ र एकीकृत समाजवादीका १५ उम्मेदवार मतगणनामा अगाडि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार