Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी अल्पमतमा परेको भन्दै माओवादी केन्द्रका पालिका इन्चार्जले दिए राजीनामा

रसुवा । रसुवाको कालिका गाउँपालिकामा पार्टीका उम्मेदवार विजयी गराउन नसकेपछि नेकपा माओवादी केन्द्र कालिकाका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले राजीनामा दिएका छन् ।

उनले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको टिकटमा आन्तरिक प्रतिस्पर्धा हुँदा अल्पमतमा परेको र निर्वाचनमा पार्टीको उम्मेदवार विजयी गराउन नसकेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताए ।

कालिकामा एउटा वडामा माओवादी केन्द्रले प्यानलै जितेको थियो । बाँकी ४ वटा वडामा नेपाली कांग्रेस विजयी भयाे । माओवादी केन्द्रले पालिकामा नेकपा एससँग गठबन्धन गरेको भए पनि पालिका अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पराजय भोग्न परेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077