Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा बालेन ४९ सय मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले पछाडि पारिरहेका छन्।

यो मतान्तर घण्टा घण्टामा बढिरहेको छ। मतगणना सुरु भए यतानै यी दुई प्रतिस्पर्धीबीच मतान्तर बढिरहेको छ। र, बालेनले अग्रता लिइरहेका छन्।

मंगलबार बिहानको पछिल्लो मतपरिणामअनुसार बालेनले १० हजार ४ सय १ मत प्राप्त गरेका छन्।

मतगणना सुरु भएदेखिनै उनी अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका स्थापितले ५ हजार ६ सय १ मत प्राप्त गरेका छन्।

यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077