Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नवराज ओझा बिजयी

    रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नवराज ओझा बिजयी

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    कास्की।  रुपा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नवराज ओझा  बिजयी भएका छन् ।

    ओझा यसअघि पनि २०७४ मा  रुपा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । मतगणनाको अन्तिम परिणामअनुसार ओझाले १ हजार ६ सय १२ को मतान्तरले कांग्रेसकी उम्मेदवार गीमाया गुरुङलाई पराजित गरे ।



    ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गरे भने गुरुङले ४ हजार १ सय ३७ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा पनि २०७४ मा निर्वाचित लालसुब्बा गुरुङ पुनः विजयी भएकी छन् । उनले १ हजार १ सय ७९ मतान्तरले कांग्रेसका नारायणकुमार श्रेष्ठलाई पराजित गरिन् ।



    गुरुङले ५ हजार ३ सय ३२ मत प्राप्त गर्दा  निकटतम प्रतिस्पर्धी श्रेष्ठले ४ हजार १ सय ५३ मत ल्याएका छन् । रुपाका ७ मध्ये ६ वटा वडामा एमालेका वडाअध्यक्ष विजयी भएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार